१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचन २०७६ः स्वतन्त्र उम्मेदवारको पहिलो दर्ता




मध्यपुरथिमि । मुख्य निर्वाचन अधिकृतको कार्यालय भक्तपुरमा आज बिहान १० बजेदेखि उम्मेदवारी दर्ता शुरु भएको छ । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेर १५ मिनेटमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने कृष्णप्रसाद पाध्याले पहिलो उम्मेदवारी दर्ता गराए ।

त्यसैगरी १० बजेर ३० मिनेटमा चानपा ५ छालिङ बस्ने जीवन नेपालीले दोस्रो उम्मेदवारी दर्ता गराए । दुवै उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकृत सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिए ।

दलहरुका तर्फबाट भने साझा पार्टीले पहिलो उम्मेदवारी दर्ता गराएको छ । जुलुस र तामझाका सहित गएको साझा पार्टीले पौने ११ बजे सुरज प्रधानको उम्मेदवारी दर्ता गराएको छ । आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

विसं २०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानको मष्तिष्काघातबाट निधन भएपछि रिक्त रहेको यो स्थानमा उपनिर्वाचन हुन लागेको हो । रासस

प्रकाशित मिति : २१ कार्तिक २०७६, बिहिबार ००:००