२२ आश्विन २०८१, मंगलबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भुम्लु गाउँपालिकामा कात्तिक २२ गते सार्वजनिक बिदा




काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले यही कात्तिक २२ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका बासिन्दालाई स्थानीय पर्वमा सहभागी हुन अपिल गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

स्थानीय संस्कृति, परम्परा, जात्राको संवर्द्धन प्रवर्द्धनका लागि बिदा दिइएको गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले बताए । “मूलखर्क भीमसेनस्थानमा हुने जात्राका लागि सार्वजजिक बिदा दियौँ”, उनले भने । उनका अनुसार उक्त जात्रा कोशीपारि क्षेत्रको प्रमुख र ठूलो मानिदै आएको छ ।

‘भ्रमण वर्ष–२०२०’ लक्षित वडा नं १ सापिङमा अवस्थित मूलखर्क भीमसेनस्थान जात्राका अवसरमा यही कात्तिक २२ र २३ गते सांस्कृतिक महोत्सव पनि आयोजना गरिएको छ । गाउँपालिकाको उचाइमा अवस्थित रमणीय भीमसेनस्थानबाट सूर्योदय–सूर्यास्त, गणेश, जुगल, गौरीशङ्कर हिमाल अवलोकन तथा छिमेकी जिल्ला नियाल्न सकिने भएकाले पर्यटकीयस्थलका रूपमा प्रचारप्रसार गर्न महोत्सवको आयोजना गरिएको संयोजक किशोर बुढाथोकीले बताए ।

सांस्कृतिक महोत्सवमा स्थानीय संस्कृति झल्किने प्रस्तुतिका साथै उत्पादनको बिक्री तथा स्थानीय अर्ग्यानिक तयारी खाद्य पदार्थका खाद्य कक्षसमेत राखिने आयोजकले जनाएको छ । हरिबोधिनी एकादशी मेलाका दिन जिल्लाको खानीखोला गाउँपालिका–३ जुरेमा जुरे एकता युवा समाजले विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक आशिष सिङ्तानले जानकारी दिए । रासस

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार ००:००