१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिकाः तीन दलले लगाए उम्मेदवारको टुङ्गो




खोटाङ । साकेला गाउँपालिका ३ खिदिममा वडाध्यक्षका लागि हुने उपनिर्वाचनमा तीन दलले उम्मेदवार टुङ्गो लगाएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष मणिकुमार राईको निधन भएपछि सो स्थानमा आगामी मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी नेकपा ले स्वर्गीय मणिकुमारकी श्रीमती शिवकला राईलाई वडाध्यक्षको उम्मेदवार घोषणा गरेको छ । यस्तै, नेपाली काङ्ग्रेसले शुक्र तामाङ र समाजवादी पार्टी नेपालले रमेश राईलाई उम्मेदवार बनाएका छन् ।

रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई जिताउन तीनवटै राजनीतिक दललाई उपनिर्वाचनको चटारो शुरु भएको छ । जितका लागि नेकपा, काङ्ग्रेस र समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताको दौडधुप शुरु भएको छ ।

निमोनियाका कारण बिरामी परेका वडाध्यक्ष राईको गत वैशाख ९ गते निधन भएको थियो । चैत ३० गतेदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको हो । रासस

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार ००:००