१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कचनकवल गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिने




भद्रपुर । झापा जिल्ला प्रशासन कार्यालयको आयोजनामा कचनकवल गाउँपालिकामा कात्तिक २२ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ ।

शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली सङ्कलन, आन्तरिक राजश्व कार्यालयबाट प्यान नम्बर वितरण, डिभिजन वन कार्यालयबाट फलफूलका बिरुवा वितरण, लागुऔषध दुव्र्यसनसम्बन्धी सचेनामूलक कार्यक्रम, पाठेघरको मुखको क्यान्सर जाँचलगायत दर्जनौँ सेवा प्रदान गरिने प्रजिअ उदयबहादुर रानामगरले बताए ।

जिल्ला प्रशासन कार्यालयसहित २० सरकारी कार्यालयले कचनकवल–२ सुकुडाँगीस्थित लक्ष्मीप्रसाद देवकोटा माविको प्राङ्गणमा यही कात्तिक २२ गते उपलब्ध गराइने सोवामा गाउँपालिकाका बासिन्दाले प्रयोग गर्ने पानीको आर्सेनिक जाँच, जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालबाट विभिन्न रोग जाँच, मेची अञ्चल अस्पतालबाट दन्तसेवा, कृषि ज्ञान केन्द्रबाट कृषिजन्य बालीमा लाग्ने रोगको परीक्षण, टेलिकमबाट सिमकार्ड वितरण लगायत रहने प्रजिअ रानाले बताए ।

सबै कार्यालयका प्रमुखहरुलाई आ–आफ्ना क्षेत्रबाट सेवा उपलब्ध गराउनका लागि तयारी गर्नसमेत आग्रह गरिसकेको पनि उनले जानकारी दिए । उक्त गाउँपालिकाका अध्यक्ष अञ्जार आलामले सेवालाई प्रभावकारी बनाउन आफू पनि लागिपर्ने बताए । रासस

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार ००:००