६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वर नगरपालिकाले तोक्यो सूचना अधिकारी




काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले वेभसाइटमार्फत् सूचना अधिकारी तोकेको छ । राजधानीको उत्तरपूर्वी भेगमा रहेको गोकर्णेश्वर नगरपालिकाले सूचना अधिकारी नतोक्दा नगरवासीले सूचना पाउन नसकेको समाचार सार्वजनिक भएपछि नगरपालिकाले सूचना अधिकारी तोकेको हो ।

समाचार सार्वजनिक भएपछि नगरपालिकाले भीमबहादुर शाहीलाई सूचना अधिकारी तोकी वेभसाइटमा नाम र तस्वीर राखेको छ । कार्यालय परिसरमा राख्नुपर्ने सूचना अधिकारीको नाम र सम्पर्क नं भने अझै राखिएको छैन । नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना केही दिनभित्र कार्यालय परिसरमा सूचना अधिकारीको नामसहितको बोर्ड राखिने प्रतिबद्धता व्यक्त गरे ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली, २०६५ मा सार्वजनिक निकायले सूचना अधिकारी तोकी कार्यालय परिसरमा नाम, तस्वीर र सम्पर्क नं सहितको सूचना पाटी राख्नुपर्ने व्यवस्था गरेको छ । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७६, शनिबार ००:००