१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सामाजिक सुरक्षा भत्ताका लागि बैंक अनुगमन




वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता सहज रुपमा उपलब्ध भए नभएको विषयमा जानकारी लिन यहाँका बैंकहरुको अनुगमन गरेको छ । चाडपर्वका बेलामा भीडभाड हुने बैंकमा ज्येष्ठ नागरिकले सहजै सामाजिक सुरक्षा भत्ता लिन नसकिरहेको बेला नगरपालिकाले अनुगमन थालेको हो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल नेतृत्वको टोलीले नगरका विभिन्न वडाको सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा लिएका विभिन्न बैंकको अनुगमन गरेको हो । सो अवसरमा टोलीले ज्येष्ठ नागरिकलाई सहज रुपमा भत्ता उपलब्ध गराउन बैंकका कर्मचारीसँग आग्रह गरेको थियो । “केही कानूनी जटिलता भए पनि तत्काल समस्या सामाधान गरी वितरण प्रक्रियालाई छिटोछरितो बनाउन आग्रह गरेका छौँ”, उपप्रमुख ढकालले भनिन्, “सामाजिक भत्ता वितरणलाई सहज बनाउन अनुगमन गरेका हौँ ।”

समितिले ज्येष्ठ नागरिकलाई भेटेर छलफलसमेत गरेको थियो । छलफलका क्रममा उनीहरुले सहज रुपमा भत्ता वितरणका साथै दिवा खाजा, ज्येष्ठ नागरिक सेवा केन्द्रको व्यवस्था लगायत माग गरेका थिए । अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकाल, प्रशासकीय अधिकृत प्रकाश पौडेल, वडा नं ६ का वडाध्यक्ष मोतिप्रसाद कँडेल, नगरपालिकाका सामाजिक समितिका संयोजक यमुना नेपाली लगायत सहभागी थिए । रासस

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार ००:००