९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दघाट नगरपालिकाः धर्म बस्तीमा खानेपानी आयोजना सम्पन्न




नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ धर्म बस्तीमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध खानेपानी पिउन पाएका छन् ।

विसं २०६५ बाट निर्माण शुरु भएको सो आयोजना दुई महीना अघि सकिएको हो । सङ्घीय सरकारको दुई करोड ८४ लाख, साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीबाट ३५ लाख र पाइपलाइन विस्तारका लागि बर्दघाट नगरपालिको छ लाखको लगानीमा सो आयोजनाको निर्माण सम्पन्न भएको दाउन्नेदेवी खानेपानी समितिका सचिव दुर्गा चौधरीले बताइन् ।

आयोजनाबाट बर्दघाट नगरपालिका १४ धर्मबस्ती, गङ्गाबस्ती, सूर्यनगर, शीतल बस्ती लगायतका स्थानीयवासीले शुद्ध खानेपानी पिउन पाएका छन् । साविक दाउन्नेदेवी गाउँ विकास समितिका वडाअन्तर्गत हाल बर्दघाट नगरपालिका १४ का करीब एक हजार २०० घरधुरीलाई शुद्ध पानी वितरण गरिने योजना रहेको समितिका अध्यक्ष सूर्य आलेले जानकारी दिए ।

अहिलेका लागि दुई लाख २५ हजार लिटर क्षमता भएको ट्याङ्की निर्माण गरिएको र अपुग भएमा बोरिङमार्फत पानी रिजर्भ र फिल्टर गरी जनसमुदायलाई शुद्ध पिउने पानी वितरण गरिने योजना बनाइएको समितिले जनाएको छ ।

झोलङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ७ (तल्लेबेलहानी) र वडा नं १४ डेढ नम्बर जोड्ने खजुरा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बर्दघाट नगरपालिका १४ र खजुरा खोला पारी रहेको वडा नं ७ तल्लो बेलहानी जोड्ने गरी निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा नं १४ का अध्यक्ष केशव खत्रीले जानकारी दिए ।

सङ्घीय सरकारको करीब एक करोडको लागतमा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । पुलको लम्बाइ १२१ मिटर र चौडाइ साढे एक मिटर रहेको पुल निर्माणको जिम्मा लिएका बिएलटी कन्स्ट्रक्सनले जनाएको छ । पुल निर्माणको समय अवधि १८ महीनाको रहे पनि स्थानीयस्तरबाट सबैको सहयोगका कारण करीब छ महीनाभित्रै निर्माण सकिने लक्ष्य लिएको निर्माण कम्पनीका प्राविधिक क्याम्प थापाले जानकारी दिए । रासस

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार ००:००