२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीको सैनामैना नगरपालिकामा ब्याडमिन्टन कभर्डहल निर्माण




खस्यौली । रुपन्देहीको सैनामैना नगरपालिकामा एक करोड एक लाख ६० हजारको लागतमा ब्याडमिन्टन कभर्डहल निर्माण गरिएको छ । नगरपालिकाको ७६ लाख ६० हजार, जिल्ला समन्वय समितिको १० लाख, खेलकूद विकास समितिको १० लाख र सैनामैना ब्याडमिन्टन क्लबले पाँच लाख लगानी गरेको नगरपालिकाले जनाएको छ ।

विसं २०७२ देखि पर्रोहा ब्याडमिन्टन क्लबले कभर्डहल निर्माणका लागि पहल गरेर काम शुरु गरेको बताइएको छ । कभर्डहलको सोमबार उद्घाटन गर्दै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले प्रदेश सरकारले खेलकूद क्षेत्रमा उच्च प्राथमिकता दिएको बताए । प्रदेशका सबै स्थानीय तहमा प्रदेश सरकारले खेलकूद क्षेत्रको संरचना निर्माणका लागि सर्शत अनुदानमा बजेट पठाएको उनले जानकारी दिए ।

प्रदेश सरकारकै बजेटमा दाङको घोरोही र बुटवलको नयाँगाउँमा अन्तरराष्ट्रियस्तरको रङ्गशाला बन्न लागेको उल्लेख गर्दै मन्त्री बरालले भने, “तीव्ररूपमा प्रदेशभित्र खेलकूदको विकास भएको छ ।” प्रदेशसभाका सदस्य कलमलादेवी विश्वकर्माले खेलकूदमा सबैको पहुँच बढाउनुपर्नेमा जोड दिए । नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरमा खेलकूद क्षेत्रको विकासका लागि भौंतिक संरचना निर्माणमा जोड दिएको बताए ।

कार्यक्रममा ब्याडमिन्टन क्लब रुपन्देहीका वरिष्ठ उपाध्यक्ष मनोज श्रेष्ठ, जिल्ला खेलकूद विकास समितिका पूर्वअध्यक्ष राजु गुरुङ, सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर क्षेत्री, कृष्णबहादुर केसीलगायतले खेलकूदको विकास अपरिहार्य भएको बताए । रासस

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार ००:००