५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोरायल किसान व्यावसायिक कागती खेतीमा



जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिक कागती खेती सुरू गरेका छन् ।

परीक्षणका लागि देउवाले ५ सय कागतीका बिरुवा रोपेका छन् ।

कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कामदार राखेर व्यवसायिक रुपमा लागिपरेका छन् ।

देउवाले यस वर्ष १ हजार कागतीका बिरुवा रोपेका छन् । केही वर्ष अघिसम्म अध्यापन पेशामा आवद्ध देउवा पछिल्लो समय पढाउन छोडेर व्यावसायिक कृषि पेशामा सक्रिय छन् ।

कागती भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । कागती फलेपछि अहिले उनको नर्सरीमा हेर्न आउनेको घुइँचो नै लाग्छ ।

कागती खेती गर्न राम्रो सम्भावना भएको ठाउँ भएकाले अहिले यहाँका अधिकांश किसान व्यावसायिकरुपमा कागती खेती गर्न थालेका छन् ।

देउवाले गन्याप कृषि उत्पादन तथा बिक्री केन्द्र फार्म स्थापना गरेका छन् ।

उनले व्यावसायिक तरकारीखेती, गाई तथा भैँसीपालनसमेत गर्दै आएका छन् ।

जोरायल गाउँपालिकामा कागतीखेतीको राम्रो सम्भावना भएकाले कागतीको बिरुवा अनुदान कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

“हामीले कृषी पेशालाई पहिलो प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आएका छौँ,” दत्तले भने ।

यहाँका जोरायल, गड्सेरा, निरौली, केआई सिंह, शिखर नगरपालिकालगायत ठाउँमा कागतीखेतीको पर्याप्त सम्भावना भएको कृषि प्राविधिक मदन खड्काले बताए ।

चिसो र भिरालो जमिनमा कागती खेती गर्न सकिन्छ । बजारमा कागतीको चूकको मूल्य प्रतिलिटर २ देखी ५ सयसम्म पर्छ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार ००:००