५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भोजपुरको षडानन्द नगरपालिकामा बम विस्फोट



भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो । कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए ।

विस्फोटन भएको ठाउँमा ‘दलाल पूँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

त्यस्तै नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजनका लागि सङ्खुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । रासिस

प्रकाशित मिति : ३ आश्विन २०७६, शुक्रबार ००:००