१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गलकोट नगरपालिकाः रिघाफेदीमा एक घर, एक धारा



‘एक घर, एक धारा’ योजनाले गलकोट नगरपालिका–११ रिघाफेदीमा खानेपानीको सङ्कट टार्ने भएको छ । फेदी छरछरे खानेपानी आयोजनामार्फत रिघाफेदीका ५५ घरधुरीमा स्वच्छ खानेपानी पु¥याउन लागिएको हो ।

आयोजनाको ७० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर राना कुमालले बताए । “यो वर्ष आयोजना पूरा हुन्छ,” उनले भने, “सबै घरधुरीमा धारा पुग्छ ।”

बुहवर्षीय योजनाअन्तर्गत अघिल्लो आवमा शुरु गरिएको आयोजनालाई गण्डकी प्रदेश सरकारले ३५ लाख रुपैयाँ बजेट छुट्याएको थियो । यो वर्ष पनि ५ लाख रुपैयाँ विनियोजन गरिएको कुमालले बताए ।

आयोजनामा अहिले पाइप बिछ्याउने, ट्याङ्की र धारा निर्माणको काम भइरहेको छ । एक घर, एक धाराको सरकारी लक्ष्यअनुसार निर्माण भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए ।

वडा नं ११ मै सञ्चालित झारसादी–मजुवा–अरले–मनेवापाटा खानेपानी आयोजनाले पनि स्थानीय ७० घरधुरी लाभान्वित हुने श्रीसले बताए ।

हिउँदमा खानेपानीको सङ्कट झेल्दै आएका ठूलो रिघा लगायतका गाउँमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पु¥याउने योजना छ । वडा नं २ नरेठाँटीमा पनि ‘एक घर, एक धारा’ पु¥याउने लक्ष्यसहित ‘जसपुर–घामपानी–मसरा खानेपानी तथा सरसफाइ आयोजना’ निर्माणाधीन छ । संघीय सरकारको २३ करोड रुपैयाँमा बन्ने आयोजना आगामी सात वर्षमा पूरा हुनेछ ।

दुई वर्षअघि शुरु भएको आयोजनामा रु एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजना बनेपछि नरठाँटीका ६५० घरधुरीमा खानेपानीको सहज पहुँच पुग्नेछ । रासस

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ००:००