११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्व नवलपुरको विनयीखोलामा पुल निर्माण




कावासोती । नवलपरासी पूर्व नवलपुरको विनयीखोलामा नौ करोडको लागतमा पुल निर्माण गरिएको छ । विनयीत्रिवेणी गाउँपालिका–४, अन्तर्गत पर्ने विनयीखोलामा नेपाल सरकारको केन्द्रीय बजेटबाट पुल निर्माण गरिएको हो ।

दुम्किबासबाट पाल्पाको रामपुर हुँदै स्याङ्जासम्म जोड्ने सडकअन्तर्गत विनयीखोलामा पुल बनेपछि सर्दीसहित नवलपुरका पहाडी क्षेत्र र पाल्पाका बासिन्दालाई आवतजावतमा सहज हुने भएको छ ।

विनयीखोलामा पुल बनेपछि स्थानीयवासी खुशी भएका छन् । यस खोलामा पुल नहुँदा बर्सेनिजसो वर्षाको समयमा खोला तर्दा दुई तीन जनाले ज्यान गुमाउने गरेको स्थानीयवासी यादव पौडेलले बताए । अब वर्षाका बेलामा पुलबाट नै आवतजावत गर्न सकिने भन्दै यादवले खुशी व्यक्त गरे ।

विनयीखोलामा पुल बनेपछि आवताजावतसँगै पहाडी क्षेत्रमा उत्पादन हुने कृषि उपज दुम्किबास हुँदै आसपासका अरुणखोला, बर्दघाट, बुटवल, कावासोती, नारायणगढसम्मका बजारमा पु¥याएर बजारीकरण गर्न सहज हुने विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले बताए ।

पुल नहुँदा वर्षाको समयमा यो सडकखण्ड नै बन्द हुने गर्दथ्यो । बाढीका कारण वर्षामा यातायात सञ्चालनमा समस्या हुँदै आएकामा पुल बनेपछि अब यो समस्या हटेको अध्यक्ष जिसीले बताए । पाँच वर्षमा पुल निर्माण सम्पन्न भएको हो । पुल १६५ मिटर लम्बाइ र ७.६० मिटर चौडाइको छ । रासस

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार ००:००