१८ बैशाख २०८१, मंगलबार | Wed May 1 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश नं ३ कै पहिलो बालमैत्री नगर भीमेश्वर नगरपालिका




जिरी । दोलखाको भीमेश्वर नगरपालिका प्रदेश नम्बर ३ कै पहिलो बालमैत्री नगरको रुपमा घोषणा भएको छ । बालमैत्री स्थानीय शासनका सम्पूर्ण सूचक पूरा गरेर आइतबार एक कार्यक्रमका बीच प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले बालमैत्री नगर घोषणा गरेका हुन् ।

कार्यक्रममा दुलालले प्रदेश नम्बर ३ लाई २०८० सम्ममा बालमैत्री प्रदेश र २०७८ सम्ममा बाल विवाहमुक्त प्रदेश बनाउने चुनौती पूर्ण लक्ष्य लिइएको बताए । बाल अधिकार संविधानले सुनिश्चित गरेकाले बाल अधिकारका लागि सबै लाग्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा भीमेश्वर नगर प्रमुख भरतबहादुर केसीले बालमैत्री घोषणासँगै बालमैत्री अभियान शुरु भएको बताए । बालबालिकाका लागि नगरले विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको र नगरको दुई विद्यालय निर्माणाधीन अवस्थामा रहेकाले त्यसको पनि छिट्टै निर्माण गरिने केसीले बताए ।

नगरपालिकाले सेवा प्रवाहसम्बन्धी बाल बचाउका १० वटा, बाल संरक्षणका पाँच वटा, बाल विकाससम्बन्धी छ वटा र बाल सहभागितासम्बन्धी १२ वटा सूचक र १६ वटा चरण पूरा गरी नगरलाई बालमैत्री नगर घोषणा गरिएको हो । रासस

प्रकाशित मिति : ३० भाद्र २०७६, सोमबार ००:००