२९ असार २०८२, आइतबार | Sun Jul 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमदत्त नगरपालिकाः वडा कार्यालयमा आगजनी




कञ्चनपुर । भीमदत्त नगरपालिका वडा नं १९ को कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको छ । वडा कार्यालयको ताला फुटाली भित्र आगजनी गरिएको थियो ।

आगजनीबाट कार्यालयभित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्रसहितको दराज लगायत जलेर क्षति पुगेको नगरप्रमुख सुरेन्द्र विष्टले बताए ।

आगजनी गरिएको ठाउँमा नेकपा विप्लव समूहको नामबाट छाडिएको पर्चासमेत फेला परेको जानकारी दिँदै उनले भने, “कसले आगजनी गरेको हो भन्नेबारे अझै पुष्टि हुन सकेको छैन तर कार्यालयमा भएको क्षतिको विवरण भने सङ्कलन गरिएको छ ।” रासस

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार ००:००