१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नमोबुद्धमा कभर्ड हल निर्माण शुरु

लेखक स्थानीय खबर/संवाददाता २३ भाद्र २०७६, सोमबार १ मिनेट पढाइ


काभे्रपलाञ्चोक । नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेँसीमा क्षेत्रीयस्तरको कभर्ड हल निर्माण शुरु भएको छ । यसका लागि जमीन सम्याउने काम भइरहेको छ ।

प्रदेश नं ३ सामाजिक विकास मन्त्रालयद्वारा विनियोजित एक करोड बजेटबाट कभर्ड हलको निर्माण कार्य थालिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार हाललाई नपा कार्यपालिकाको बैठकले कभर्ड हलको लागि ९० रोपनी जमीन दिने निर्णय गरेको छ ।

“यस वर्ष थप बजेटबाट हलको क्षमता बढाउँदा थप जमीनको प्रबन्ध गर्नेर्छौं”, वडाध्यक्ष काफ्लेले भने । कभर्ड हलका लागि गत आर्थिक वर्षमा एक करोड ७५ लाखको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको थियो । हाललाई भलिबल, ब्याटमिन्टन, बास्केटबल तथा अन्य साना (इन्डोर) खेल सञ्चालनका लागि संरचना निर्माण गरिने परियोजनाका सव–इञ्जिनीयर मनोज दाहालले बताए ।

कभर्ड हल निर्माणपश्चात् जिल्लाको खेल क्षेत्रमा ठूलो योगदान हुने तथा क्षेत्रीयस्तरमा खेलिने विभिन्न इन्डोर खेल सहजरुपमा आयोजना गर्न सकिने प्रदेश सभासदस्य रत्न ढकालले बताए । उनका अनुसार कभर्ड हलमा करीब ६०० मानिस अट्नेछन् ।

३ नम्बर प्रदेशस्थित रामेछापको मन्थलीमा कभर्ड हल निर्माण शुरु भइसकेको छ भने दोलखाको मैनापोखरी, सिन्धुपाल्चोकको चौतारामा निर्माण प्रक्रियामा छन् । सिन्धुली जिल्लाको कमलामाई र दुधौलीमा भने रङ्गशाला निर्माणको प्रक्रिया थालिएको धुलिखेलस्थित प्रदेश परियोजना कार्यान्वयन एकाईले जनाएको छ । रासस

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।