६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपुर थिमि–४ मा मिश्रित परिणाम



भक्तपुर, भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका कुमार श्रेष्ठ विजयी भएका छन् भने सदस्यहरुमा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडाध्यक्षमा कांग्रेसका कुमार श्रेष्ठले एक हजार ६०३ मत प्राप्त गरेर विजय हासिल गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण पाते श्रेष्ठले एक हजार ३८५ मत प्राप्त गरेका छन् । सदस्यहरुमा नेकपा एमालेका रामकेशरी श्रेष्ठ, उमेश श्रेष्ठ र सुन्दरलाल श्रेष्ठ विजयी भएका छन् ।

यसैबीच, मध्यपुर थिमिको नौमध्ये चार वडाको मतगणना सकिँदा प्रमुखमा नेकपा एमालेले अग्रता हासिल गरेको छ । यसअघि नेकाका उम्मेदवार अष्ट कवेँले अग्रता लिइरहेकामा वडा नं ४ को मतगणना सकिँदा नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणामअनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २७३ मत प्राप्त गरेका छन् भने कांग्रेसका कवेँले चार हजार ९७५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, उपप्रमुखमा भने कांग्रेसका अञ्जना मधिकर्मीले अग्रता कायम राखेकी छन् । उनले पाँच हजार ४०७ मत प्राप्त गरेकी छन् भने नेपाल मजदुर किसान पार्टीका केदार खड्काले तीन हजार ४३५ मतले मधिकर्मीलाई पछ्याइरहेका छन् । रासस

प्रकाशित मिति : ५ जेष्ठ २०७४, शुक्रबार ००:००