सदरमुकाम खलङ्गाबाट आधा घण्टाको दूरीमा रहेको पासागाड खोलामा दैनिक यात्रा गर्ने जनसाधारणले दुःख कष्ट भोग्दै आएका छन् ।
५ वर्षअघि यो खोलामा पुल निर्माणको ठेक्का लागे पनि काम भने अहिलेसम्म अगाडि बढेको छैन ।
यो बाटो यात्रा गर्दा आकाश हेरेर मात्र यात्रा गर्नुपरेको यात्रुहरू गुनासो गर्छन । “पानी पर्नेबित्तिकै गाडी जाँदैन, कसरी मन शान्त होला र ?” नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले भने ।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत पर्ने यो सडक निर्माण भएको पनि अहिले करीब ११ वर्ष बितिसकेको छ ।
सडक कालोपत्र भएको पनि चार वर्ष बितेको छ । पुल निर्माणका लागि पाँच वर्षअघि ठेक्का सम्झौता भएको थियो ।
पासागाड खोलामा गलत डिजाइनका कारण पाँच वर्षदेखि पुल अलपत्र परेको हो । सडक विभाग र आइएमई आरसी कन्सल्टेन्सी ललितपुरको लापरवाहीको कारण पुल निर्माण अलपत्र परेको छ । प
रामर्शदाता कम्पनीले रु सात लाख लागतमा पुलको डिजाइन बनाएको कार्यालयले जनाएको छ । २ वर्षमै निर्माण सम्पन्न गर्नुपर्ने पुलको काम अझै सुरू भएको छैन ।
परामर्शदाताले हचुवामा गरेको डिजाइनका कारण पुल निर्माणकार्य हुननसकेको सडक डिभिजन कार्यालय चौरजहारीका डिभिजन प्रमुख नरेन्द्र भट्टले बताए ।
पुल निर्माणका लागि ५ वर्षअघि ३ करोड रुपैयाँमा लुम्बिनी–आशिष जेभी निर्माण सेवा काठमाडौँले सडक विभागसँग सम्झौता गरेको थियो ।
पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा काम शुरु नभएको डिभिजन प्रमुख भट्टले बताए । उनका अनुसार सम्झौता अनुरुपको लागत र निर्माणकार्यको तालमेलसमेत मिलेको छैन ।
प्राविधिकले तीन वर्षअघि निर्माण कम्पनीलाई निर्माणस्थल देखाउने क्रममा गलत डिजाइन भएको पत्ता लागेको हो ।
सडक विभागले फेरि डिजाइन गरेर ठेक्का सम्झौताअनुरूप भुक्तानी दिने निश्चित भए तत्काल काम सुरू गर्ने कम्पनीले जनाएको छ ।
आइएमई आरसी कन्सल्टेन्सीलाई नै पुलको ‘रि–डिजाइन’ गर्न लगाएर पुल निर्माण प्रक्रिया अघि बढाउन लागेको डिभिजन प्रमुख भट्टले बताए ।
२ साताभित्र रि–डिजाइन स्वीकृतिका लागि विभागमा पेश हुने भट्टले बताए । स्टिमेट बदलिने तर ठेक्का नबदलिने उहाँको भनाइ छ ।
यो पुल निर्माण नहुँदा जाजरकोटसहित छिमेकी जिल्ला रुकुमपश्चिम र डोल्पालाई समेत असर गरेको छ ।
प्रतिक्रिया