१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोदावरी नगरपालिकामा कांग्रेसका महर्जन विजयी



ललितपुर, गोदावरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गजेन्द्र महर्जनले १३ हजार ८२० मत प्राप्त गरी विजयी भएका छन् ।

महर्जनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका श्यामकृष्ण सिलवालले ११ हजार ८७ मत र माओवादी केन्द्रका श्रीगोविन्द महर्जनले पाँच हजार ६६२ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका मुना भण्डारी १२ हजार ७७९ मत प्राप्त गरी विजयी भएकी छन् । उनकी प्रमुख प्रतिस्पर्धी एमालेका तारा सञ्जेलले १२ हजार ३९६ मत र माओवादी केन्द्रकी सीता घिमिरेले छ हजार ४१३ मत प्राप्त गरेका छन् ।

तीन गाउँपालिका तीन पार्टीलाई

स्थानीय तहको निर्वाचनमा यहाँका तीनवटा गाउँपालिकामा तीन ठूला राजनीतिक दलले एक एक गाउँपालिकामा आफ्नो वर्चस्व कायम गरेका छन् ।

तीनवटै गाउँपालिकाको मतपरिणाम अनुसार वाग्मती गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन, कोञ्ज्योसोममा नेकपा माओवादी केन्द्रका गोपीलाल सिङ्तान र महाँकाल गाउँपालिकामा नेकपा एमालेका रामचन्द्र दाहाल विजयी भएका छन् ।

वाग्मती गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लोप्चनले तीन हजार ४०२ मत ल्याएर आफ्नो जित सुनिश्चित गरेका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद घिमिरेले दुई हजार २५२ मत प्राप्त गरेका छन् ।

सोही गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै रञ्जना तिमल्सिनाले तीन हजार ४२६ मत ल्याएर विजयी बनेकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी डोलकुमारी सिङ्तानले दुई हजार ३४० मत प्राप्त गरेकी छन् ।

यसैगरी कोञ्ज्योसोम गाउँपालिकाको अध्यक्षमा एक हजार ७९८ मत ल्याएर माओवादीका सिङ्तान विजयी बनेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजनप्रसाद घिमिरेले एक हजार ७३२ मत ल्याएका थिए ।

सोही गाउँपालिकामा माओवादी केन्द्रकी मिङ्मा लामाले एक हजार ९३३ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएकी छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका सुशीला दुलाल घिमिरेले एक हजार ४५७ मत प्राप्त गरेकी छन् ।

यस्तै महाँकाल गाउँपालिकाको अध्यक्षमा एमालेका रामचन्द्र दाहालले दुई हजार ८० मतका साथ विजयी बनेका छन्, दोस्रो स्थानमा रहेका कांग्रेसका भिमसेन घिमिरेले एक हजार ७२२ मत ल्याएका छन् ।

सोही गाउँपालिकामा दुई हजार २६३ मत ल्याएर एमालेका कमला तामाङले उपाध्यक्षको पद सुनिश्चित गरका छन् । कांग्रेसका सुशीला अधिरकारीले सोही पदका लागि एक हजार ३९९ मत ल्याएका थिए ।

वाग्मती गाउँपालिका वडा नम्बर १, २, ३ र ४ रमा क्रमशः कांग्रेसका जगत लो, विजय लो, विष्णुप्रसाद तिमल्सिना र नारायण घले वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृत रोशनी श्रेष्ठले बताइन् । यसैगरी वडा नम्बर ५, ६ र ७ मा क्रमशः एमालेका उम्मेदवार राजकुमार मगर, लालबहादुर बम्जन र नवराज सञ्जेल विजयी बनेका छन् ।

कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर १, ३ र ५ मा क्रमशः माओवादी केन्द्रका सन्तलाल तामाङ, ध्रुव घिमिरे र सुवीन्द्र तामाङ वडाध्यक्षमा विजयी बनेका छन् भने वडा नम्बर ३ र ४ मा क्रमशः कांग्रेसका तिलक लामा र तीर्थ लामा अध्यक्षमा विजयी बनेका छन् ।

यस्तै महाँकाल गाउँपालिका वडा नम्बर २, ३, ४ र ६ मा क्रमशः एमालेका सन्तमान स्याङ्तान, गङ्गारामा तिमल्सिना, शान्तप्रसाद गौतम र रामकृष्ण आचार्य वडाध्यक्षमा निर्वाचित हुभएका छन् । कांग्रेसका खोम गौतम वडा नम्बर १ मा खोमप्रसाद दाहाल वडा नम्बर ५ बाट वडाध्यक्षमा विजयी बनेको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००