९ बैशाख २०८१, आइतबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भीमफेदी गाउँपालिकामा एमाले विजयी



हेटौँडा, मकवानपुरको भीमफेदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिदम लामा तीन हजार ८४२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रञ्जितकुमार रानाले तीन हजार ६९८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा एमालेकै पार्वती राना तीन हजार ८०२ मत प्राप्त गरी विजयी भएकी छन् भने उनको निटकतम प्रतिद्वन्द्वी कांग्रेसका मोमलाल दोङले तीन हजार ५३५ मत प्राप्त गरेका छन् ।

हेटौँडा उपमहानगरपालिकाको मतगणना कार्य जारी छ । नगर प्रमुखमा नेपाली कांग्रेसका आनन्दराम पराजुलीले चार हजार ६९३ र नेकपा एमालेका हरिबल महतले चार हजार २०९ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एमालेका मीना लामाले चार हजार ४०६ मत तथा माओवादी केन्द्रका बलराम बलले तीन हजार २१६ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७४, बिहिबार ००:००