१ जेष्ठ २०८१, मंगलबार | Tue May 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बकैया गाउँपालिकामा कृषिउपज सङ्कलन केन्द्र स्थापना




हेटौँडा । कृषकलाई आफ्नो उत्पादन भण्डारण तथा बिक्री वितरणमा सहज बनाउन मकवानपुरको बकैया गाउँपालिकामा चिस्यान केन्द्र (कोल्ड स्टोर्स) सहितको कृषिउपज सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

उक्त गाउँपालिकाले मर्सिकोर नेपाल, मकवानपुरस्थित बाल कल्याण समाज तथा स्थानीय जनश्रमदानसमेत गरी कूल २८ लाखको लागतमासो केन्द्र स्थापना गरेको हो ।

उक्त गाउँपालिकाको विभिन्न क्षेत्रका कृषिउपज सङ्कलन गरी बिक्री वितरणका लागि स्थापना गरिएको सो केन्द्रमा एक कोल्ड स्टोर, एक स्टोर हल र अर्को डिजिटल लाइब्रेरी सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

भवन निर्माणका लागि बाल कल्याण समाजको सर्भे परियोजनाबाट १५ लाख, उक्त गाउँपालिकाबाट आठ लाख र जनश्रमबाट पाँच लाख गरी कूल २८ व्यहोरिएको थियो ।

गाउँमा कृषिउपज सङ्कलन केन्द्र निर्माण भएपछि स्थानीय कृषकलाई आफ्ना उत्पादन बजारसम्म पु¥याउन झञ्जट नहुने तथा धेर थोर उत्पादन पनि केन्द्रले नै खरीद गरेर बिक्री वितरण गरिदिने गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेले बताइन् । रासस

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार ००:००