१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिमाङ्कनपछि मात्रै नगरकोटका अवैध संरचना हटाइने




काभ्रेपलाञ्चोक । पर्यटकीयस्थल नगरकोटमा काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाङ्कनपछि मात्रै मापदण्ड विपरीत बनेका संरचना एवं पक्की घर भत्काइने भएको छ । गत शनिबार नगरकोटस्थित दुवै जिल्लामा पर्ने अवैध तथा मापदण्ड विपरीत बनेका अस्थायी टहरा भत्काइएको थियो ।

पर्यटकीयस्थल नगरकोट काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमाक्षेत्रमा अवस्थित छ । प्रक्रियागत ढङ्गले दुवै जिल्लाका सरोकारवालाको सहमतिमा मापदण्ड विपरीत ९सडक दायाँबाँया० निर्माण भएका नगरकोटका अस्थायी टहरा हटाइएको धुलिखेलस्थित वन डिभिजन कार्यालयका प्रमुख बद्रिबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार शनिबार नगरकोटमा काभ्रेपलाञ्चोकतर्फ मापदण्ड विपरीतका ३९ र भक्तपुरतर्फका १०० भन्दा बढी अस्थायी टहरा भत्काइको थियो ।

पहिलो चरणमा दुवै जिल्लाका सरोकारवाला निकायसँग छलफल गरी सिमाङ्कनको काम सक्ने काभ्रेपलाञ्चोकस्थित मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर तामाङले बताए । उनले भने, “त्यसपछि सार्वजनिक सूचना प्रकाशन गरी मापदण्ड विपरीत तथा अवैध संरचना हटाउनेछौँ ।” नगरकोट काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा २ र झक्तपुर जिल्लाको चाँगुनारायण नपा ६ मा अवस्थित पर्यटकीयस्थल हो । यसअघि दुई जिल्लाको सीमालाई ‘पानी ढलो’ को रूपमा परिभाषित गर्दै आइएको छ ।

नगरकोटलाई थप सुन्दर, व्यवस्थित एवं सफा पर्यटकीयस्थलका रूपमा विकास गर्न अवैधानिक संरचना हटाउन लागिएको तामाङले बताए । उनले आउँदो साता यस विषयमा दुवै जिल्लाको नपाप्रमुख एवं जनप्रनितिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा अन्य सरोकारवाला निकाय तथा व्यक्तिसँग छलफल गरी प्रक्रिया अघि बढाइने जानकारी दिए । सरकारले २०६८ साल साउन १८ गते होटल, घर–टहराले अतिक्रमण भएका जग्गा छाडिदिन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

त्यसलगत्तै दुवै जिल्लाको वन कार्यालयको समन्वयमा सार्वजनिक जग्गा मिचिएको भए हटाइदिन आग्रह गर्दै होटल तथा घरमै पत्र पनि पठाइ आआफ्नो जग्गाको पूर्जा उपलब्ध गराइदिन सबैलाई आग्रह गरी जग्गा नाप्ने काम शुरु गरिएको थियो । तर, दशैँ–तिहार पर्वको कारण देखाएर नाप्ने काम रोकिएपछि पुनः शुरु गरिएको थिएन ।

हाल नगरकोटमा ठूला साना गरी ८० भन्दा बढी होटल छन् । त्यतिबेला भक्तपुर जिल्ला वन कार्यालयले एक हप्ताको अवधिमा पाँचवटा होटलको जग्गा नापी गरिएको जनाउँदै होटल मधुवनले आफ्नो संरचनामा ३० प्रतिशत अतिक्रमण गरेको देखिएको प्रतिवेदन तयार गरेको थियो । त्यसबेला काभ्रेपलाञ्चोक र भक्तपुरको सिमानामा पर्ने होटल क्लब हिमालयनको जमीन नाप्ने क्रममा चाडबाडको बहाना बनाएर रोकिएको थियो । रासस

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार ००:००