१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिञ्जा राजमार्गलाई ३० करोड

लेखक स्थानीय खबर/संवाददाता २२ श्रावण २०७६, बुधबार १ मिनेट पढाइ

खलङ्गा । जुम्ला प्रदेशसभा (ख) का सदस्य पदमबहादुर रोकायाले नाग्म गमगडी (सिञ्जा) राजमार्गका लागि प्रदेश सरकारले ३० करोड विनियोजन गरिएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ जुम्लाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सिञ्जा, कनकासुनदरी, हिमा र तिला गाउँपालिकाका लागि प्रदेश सरकारको ८५ वटा योजना रहेको जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा सिञ्जामा खस सङ्ग्रहालय, पाण्डव गुफा, केदारनाथ मन्दिर रहेको उल्लेख गर्दै सांसद रोकायाले नेपाली खस सभ्यताको उद्गमस्थल सिञ्जामा खस सम्मेलनसमेत हुने जानकारी दिए । सडक, पर्यटन, कृषि, सिँचाइ, तटबन्ध, विद्यालय, हेलिप्याड निर्माण लगायतका योजना र भइरहेका कामको बारेमा पनि उनले जानकारी दिए ।

डिजेल प्लान्टबाट बत्ती

विगत २१ दिनदेखि अँध्यारोमा रहेका जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट बिजुली बलेको छ । प्रतिनिधिसभा सांसद गजेन्द्रबहादुर महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको सहयोगमा जुम्ला सदरमुकाममा डिजेल प्लान्टबाट अल्पकालीनरुपमा बत्ती बालिएको हो ।

महतले निर्वाचन क्षेत्र विकास कार्यक्रमको ५० लाख डिजेल प्लान्टमा विनियोजन गर्ने भनेपछि २४ लाख ६० हजारको खर्चमा डिजेलप्लान्ट खरीद गरी सञ्चालनमा ल्याइएको साना जलविद्युत् उपभोक्ता समिति जुम्लाका अध्यक्ष विष्णुबहादुर बुढ्थापाले जानकारी दिए ।

बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । बत्ती बलेपछि यहाँका दैनिक पत्रिकासमेत सञ्चालनमा आएका छन् । विद्यार्थीलाई पढ्न, मोबाइल तथा सञ्चार सामग्री चार्जर गर्न सजिलो भएको छ । रासस

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।