१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगरपालिका प्रमुख र उप प्रमुख बिचको विवादले झडप




धनुषा । हंसपुर नगरपालिकामा प्रमुख र उपप्रमुख पक्षधरबीच आज भएको विवाद झडपमा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ । झडप नियन्त्रण गर्न प्रहरीको लाठी चार्जबाट उपप्रमुखसहित आधा दर्जन घाइते भएका छन् ।

कार्यालयसम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् । आज दिउँसो प्रहरीको सहयोगमा प्रमुख रामज्ञान मण्डल पक्षका व्यक्तिले उपप्रमुख रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपका क्रममा उपप्रमुख झासहित वडा नं २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर, पुण्य खत्री लगायत घाइते भएका छन् । घाइतेमध्ये मण्डलको अवस्था गम्भीर रहेको छ । उनको थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ ।

स्थानीयका अनुसार उपप्रमुखको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै प्रमुख मण्डल करीब ६० जनाको समूहका साथ आएका थिए । घरेलु हातहतियारसहित उनीहरु दुई वटा ट्याक्टरमा आएका थिए । उपप्रमुख पक्षधरबाट स्थानीयले प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको हो । स्थिति तनावपूर्ण बनेकाले तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौँको सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । रासस

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार ००:००