१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपनिर्वाचनमा साउन १६ गतेसम्म १८ वर्ष पुगेका मात्र योग्य मतदाता




काठमाडौं । आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचनमा यही साउन १६ गतेसम्म १८ वर्ष उमेर पूरा भएका व्यक्ति मात्र योग्य मतदाता हुने छन् ।

निर्वाचन आयोगको सिफारिसअनुसार प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त पदहरूमा मङ्सिर १४ गते उपनिर्वाचनको मिति तोकिएको छ । उपनिर्वाचन प्रयोजनका लागि आयोगले उपनिर्वाचनको मिति तोकिएको दिन ९यही साउन १६ गते० सम्ममा नाम दर्ता भई सोही मितिसम्म १८ वर्ष उमेर पूरा भएका मतदातालाई उमेर अठार वर्ष पूरा भएको मिति तोकेको छ ।

साथै आयोगको साउन १७ गतेको बैठकबाट उपनिर्वाचन हुने जिल्लामा मतदाता नामावली ऐनअनुसार जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा सञ्चालन भइरहेको मतदाता दर्ता कार्यलाई अर्को निर्णय नभएसम्मका लागि साउन १७ गतेदेखि रोकिएको छ ।

साउन १६ गतेसम्म सङ्कलन भएका मतदाताको विवरण अद्यावधिक गरी उपनिर्वाचन प्रयोजनका लागि आयोगमा पठाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिइएको आयोगका सहसचिव एवं प्रवक्ता शङ्करप्रसाद खरेलले जानकारी दिए । रासस

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतबार ००:००