१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता




कञ्चनपुर । भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित विहीबार कार्यसम्पादन सम्झौता गरेका छन् ।

नगरपालिका कार्यालयमा नगरप्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नगरपालिकाकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र अधिकार तोकिएको छ ।

सम्झौतापत्रमा दैनिक प्रशासनिक कार्यसम्पादन गर्ने, सभा र कार्यपालिकाको सचिव भई काम गर्ने, वार्षिक कार्यक्रम, बजेट तर्जुमा कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्न लगाउने, आर्थिक कारोवार अभिलेख दुरुस्त राख्न लगाउने, लेखा परीक्षण गराउने र बेरुजु फछ्र्योट गर्न लगाउने बुँदा समावेश गरिएका छन् ।

यसैगरी, आयोजनाको फरफारकका लागि प्रतिवेदन तयारी गरी कार्यपालिका बैठकमा पेश गर्ने, कार्यालयको सम्पत्ति संरक्षण गर्ने, लगत राख्ने र अद्यावधिक गर्ने गराउने, कार्यपालिका बैठक तथा नगरसभाका एजेण्डा तयार गर्ने, नगरप्रमुखको निर्देशनमा कार्यपालिका बैठक बोलाउने तथा आवश्यक कार्य गर्ने गराउने र कार्यपालिका बैठक तथा सभाका निर्णय तथा निर्देशनहरु कार्यान्वयन गर्ने लगायतका कार्य सम्झौतापत्रमा उल्लेख गरिएका छन् ।

सम्झौताअनुसार प्रमुख प्रशासकीय अधिकृतलाई कार्यपालिका बैठकको निर्णय प्रमाणित गर्ने, सभा र कार्यपालिका निर्णयको अभिलेख सुरक्षित राख्ने, न्यायिक समितिबाट भएका मिलापत्र र निर्णयको मिसिल संरक्षण गर्ने, नगरपालिकाको प्रशासकीय तथा आर्थिक नियन्त्रण गर्ने, वार्षिक खरीद योजनासम्बन्धी कार्य गर्ने, कार्यालयको आवश्यकताअनुसार कार्य विवरणसहित कर्मचारी दरबन्दी सिर्जनाका लागि प्रस्ताव तयार गर्ने कार्य गर्ने जिम्मेवारी दिइएको छ ।

नगरप्रमुख विष्टले कार्यसम्पादन सम्झौताले नगरपालिकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा राखिएको बताए । उनले सम्झौतापछि कार्यालय प्रमुखले शाखा प्रमुख र शाखा प्रमुखले उपशाखा प्रमुखसित कार्यसम्पादन सम्झौता गर्नुपर्ने बताए । रासस

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार ००:००