५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयोजना कार्यान्वयन गर्दै काठमाडौं महानगर



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा उद्यान, पैदालमार्ग, शौचालयलगायत ४२ आयोजना कार्यान्वयन गर्ने भएको छ । गत आवमा शहरी विकास योजनाले डिजाइन गरेका आयोजना कार्यान्वयनका लागि महानगरले चालू आवमा ९५ करोड ९६ लाख विनियोजन गरेको छ ।

पहिले वडावडाबाट आएका मागका आधारमा नै आयोगले यी आयोजनाको डिजाइन गरेको आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । आयोगले इञ्जिनीयरिङमा स्नातक सकाएका ३२ विद्यार्थीलाई छ महीनासम्म सहभागी गराएर डिजाइन गरेको उनले बताए । उनीहरुलाई यातायात र खाजा खर्चस्वरुप मासिक १५ हजार दिएर काममा लगाइएको उनले बताए । “आयोगका कर्मचारी र विज्ञ त्यसमा संलग्न थिए”, बस्नेतले भने ।

सबैभन्दा बढी योजना उद्यान र सम्पदा संरक्षणसम्बन्धी छन् । यी आयोजना कार्यान्वयनका लागि सम्बन्धित वडा, शहरी पूर्वाधार विभाग, सम्पदा विभाग लगायत स्थानमा गएको उपाध्यक्ष बस्नेतले बताए । अहिले कामपाले सबै आयोजनाका लागि बजेट विनियोजन गरेको भए पनि कतिपयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ठूला सस्ंथालाई पनि यी आयोजनामा सहभागी गर्ने कामपाको योजना छ ।

उनले भने, “कुनै एउटा आयोजनामा हामीले अरु संस्थालाई सहभागी गराउँदा त्यहाँबाट बचेको रकम अर्को कुनैमा खर्च गर्न सकिन्छ ।” कतिपय योजना ठेक्का सम्झौतामार्फत कार्यान्वयनमा गइसकेका छन् भने कतिपय कार्यान्वयनका क्रममा छन् । निर्माणका क्रममा बाधा नपुगे ती योजना डेढ वर्षसम्ममा सम्पन्न हुने कामपाले जनाएको छ । रासस

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार ००:००