१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इमाडोल–लामाटार सडक विस्तार सुस्त




काठमाडौं । इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त छ । यस सडकमा निर्माणको काम शुरु भएको चार वर्षपछि अहिले झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै भौतिक प्रगति रहेको पाइन्छ ।

काठमाडौं उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकमा जस्तै यो सडकमा जग्गा र घरको मुआब्जा विवादका कारण भौतिक प्रगति कम रहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

काम गर्ने साइट खुला हुनुभन्दा पहिले नै ठेक्का लगाइएकाले लामो समय हुँदा पनि काम अघि बढ्न नसकेको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । उनका अनुसार रुख, बिजुलीको पोललगायतका विभिन्न संरचना हटाउन सकिएको छैन । उनले भने, “विद्युत्, खानेपानी वन कार्यालय लगायतले पनि सडकमा रहेका यी संरचना हटाउन तदारुकता देखाएका छैनन् ।”

यो सडक निर्माणको जिम्मेवारी तीन फरक निमाण कम्पनीलाई दिइएको थियो । डाँफे समानान्तर जेभी, आशिस सिएम ड्रागन जेभी र लामा समानान्तर जेभीले संयुक्तरुपमा निर्माणको जिम्मेवारी लिएका थिए । तीन कम्पनीमध्ये दुई कम्पनीको सम्झौता अवधि सकिसकेको छ भने एउटा कम्पनीको आगामी पुससम्म रहेको आयोजनाले जनाएको छ ।

आयोजनाले चार वर्ष पहिलेदेखि काठमाडौं उपत्यकाका १० सडक र तीन सडक पुलको विस्तारको काम शुरु गरेको थियो । तीमध्ये अधिकांशको निर्माण सुस्त छ । चाबहिल–साँखु र त्रिपुरेश्वरबाट कलङ्कीदेखि नागढुङ्गासम्मको सडक भने काम अघि बढेको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार ००:००