१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा



काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ स्थित भालुभञ्ज्याङको सुनुवारबस्ती पहिराको उच्च जोखिममा परेको छ । लगातारको वर्षाका कारण उक्त बस्तीको धेरै ठाउँमा जमीन चिरा परेपछि त्यहाँको बस्ती जोखिममा परेको अस्थायी प्रहरी चौकी ग्वालटारका प्रहरी सहायक निरीक्षक काजीराम पौडेले जानकारी दिए ।

भालुभञ्ज्याङमा सुनुवार समुदायको १३ घरपरिवार बस्दै आएको छ । लामो खडेरीका कारण खानेपानीको समस्या झेलिरहेका सुनुवार समुदयलाई वर्षायाम शुरु हुनासाथ अत्यधिक पानी परेका कारण पहिराको जोखिमले आफ्नो जन्मस्थल नै छोड्नुपर्ने बाध्यता आइपरेको वडाध्यक्ष मीनबहादुर सुनुवारले जानकारी दिए ।

सोलीथुम्का डाँडाको पानीढलो भिरालो क्षेत्रमा रहेको उक्त बस्तीलाई माथिबाट आएको पहिराले पनि थप जोखिम निम्त्याएको नेकपा सिन्धुली जिल्ला सचिवालय सदस्य ज्वालाप्रसाद न्यौपानेले जानकारी दिए ।

जोखिम क्षेत्रको स्थानीय तहका पदाधिकारी, नेपाल प्रहरी र राजनीतिक दलका स्थानीय प्रतिनिधिबाट निरीक्षण गरी बस्ती स्थानान्तरणका लागि उपयुक्त स्थानको खोजी गर्ने र तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र जिल्ला प्रशासन कार्यालयमा अनुरोध गर्ने वडाध्यक्ष सुनुवारले जानकारी दिए ।

अविरल वर्षाका कारण आएको पहिरोले सोही वडाको सिम्लेमा रहेको मगरबस्तीलाई पनि असर पु¥याएको छ । रासस

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ००:००