१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकाले दूधमा एक रुपैयाँ अनुदान दिने



दमौली । तनहुँको व्यास नगरपालिकाले कृषकलाई दूधमा प्रतिलिटिर एक रुपैयाँ अनुदान दिने भएको छ । नगरक्षेत्रभित्र रहेका दुग्ध सहकारीमार्फत बिक्री हुने दूधमा प्रतिलिटर एक रुपैयाँ कृषकलाई अनुदान दिने प्रस्ताव नगरपालिकाले पारित गरेको छ ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि पारित गरेको नीति तथा कार्यक्रममा सहकारीमार्फत बिक्री हुने दूधमा अनुदान दिने जनाइएको छ । कृषकलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले कार्यविधि बनाई अनुदान उपलब्ध गराइने नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिइन् । दूधमा अनुदान दिनका लागि नगरपालिकाले आगामी वर्ष १० लाख विनियोजन गरेको छ ।

उपप्रमुख जोशीका अनुसार सहकारीमार्फत बिक्री हुने खसीबोकामा कृषकलाई १० अनुदान दिइनेछ जसका लागि नगरपालिकाले पाँच लाख बजेट विनियोजन गरेको छ ।

कृषि व्यवसायसँग सम्बन्धित पशु, फलफूल, तरकारी, माछा, पक्षी आदिमा गत वर्ष लिइएको स्थानीय उत्पादन विकास शुल्क आगामी वर्षदेखि खारेज गरिएको छ । व्यावसायिक बाख्रापालन, माछापालन, स्थानीय जातको सुँगुर, कुखुरा, गाईभैँसीपालन र व्यवस्थापन कार्यक्रममा प्रोत्साहन गर्ने नीति अवलम्बन गरिएको जोशीले जानकारी दिइन् ।

उनका अनुसार बजार क्षेत्रमा व्यवस्थित बधशालाको सञ्चालन गरी स्वास्थ्यवर्द्धक मासु पसललाई व्यवस्थापन गर्न प्रोत्साहन एवं नियमन कार्यलाई प्रभावकारी बनाइनेछ । रासस

प्रकाशित मिति : २७ असार २०७६, शुक्रबार ००:००