६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चैनपुर नगरपालिका वडा नं ११ मा लिफ्ट प्रबिधीबाट खानेपानी




असार २६, सङ्खुवासभा । चैनपुर नगरपालिका वडा नं ११ खराङको केराबारी डाँडामा लिफ्ट प्राणालीको बहत् खानेपानी आयोजना सञ्चालनमा ल्याइने भएको छ ।

उक्त नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले उक्त आयोजना शिलान्यास गर्दै सभाखोलाको दाहालडाँडा नजिक तोकिएको स्थानबाट लिफ्ट प्रणालीद्वारा खानेपानी ल्याउने तयारीका साथ आयोजना सञ्चालन गरिएको बताए ।

उनले नेपाल सरकार र चैनपुर नगरपालिकाको साझेदारीमा १० करोडको लागतमा एक हजार मिटरको उचाइमा चार लिफ्टमार्फत पानी तान्न लागिएको जानकारी दिए । नगरका ३५० बढी घरपरिवारलाई लक्षित गरी सञ्चालनमा ल्याउन लागिएको उक्त आयोजना तीन वर्षभित्र पूरा गरिने निर्माण समितिका अध्यक्ष उद्धव त्रितालले बताए । रासस

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार ००:००