२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषक समूहलाई आधुनिक कृषि सामग्री वितरण



असार २६, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्र गठित ३० कृषि समूहलाई आधुनिक कृषि सामग्री प्रदान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना खोटाङ र नगरपालिकाको लगानीमा खरीद गरिएको सामग्री कृषि समूहलाई वितरण गरिएको हो ।

कृषि पेशालाई यान्त्रीकरण गर्दै व्यावसायीकरण गर्ने उद्देश्यका साथ परियोजनाको ५० प्रतिशत, नगरको ४० प्रतिशत र कृषकको १० प्रतिशत लगानीमा कृषि यान्त्रीकरण प्रदान गरिएको परियोजना कार्यान्वयन एकाइ (मकै जोन) कार्यालयका निमित्त प्रमुख ध्रुवकुमार कार्कीले बताए । “परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने योजना सरकारले बनाएको छ”, उनले भने, “कृषकको मागका अनुसार आधुनिक सामग्री पाएपछि उनीहरु पनि हर्षित भएका छन् ।”

प्रतिगोटा ५० हजार मूल्य पर्ने १२ कम्बाइल मिल, प्रतिगोटा १४ हजार मूल्य पर्ने ३० कन्सेलर सिङ्गल ट्युव, प्रतिगोटा १६ हजार मूल्यपर्ने ३० तौलने मेसिन, प्रतिगोटा ८० हजार मूल्य पर्ने पाँच मिनीटिलर र प्रतिगोटा ७० हजार मूल्य पर्ने पाँच मिनीटिलर वितरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख गणेशप्रसाद आचार्यले जानकारी दिए ।

यस्तै, कृषि ज्ञान केन्द्र खोटाङ पनि जिल्लाका कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण प्रदान गरेको छ । केन्द्रले जिल्लाका ६६ कृषक समूह, कृषि सहकारी, निजी कृषि फार्म र उद्यमीलाई कृषि यान्त्रीकरण औजार प्रदान गरिएको केन्द्र निमित्त कार्यालय प्रमुख हरिनारायण राईले बताए ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा बुधबार भएको कार्यक्रममा नगरप्रमुख दीपनारायण रिजालले सामग्री हस्तान्तरण गरेका हुन् । पछिल्लो समय जिल्लाका कृषक परम्परागत कृषि प्रणालीलाई छाडेर आधुनिक प्रणालीमा आकर्षित हुँदै गएका छन् । रासस

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार ००:००