२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यास नगरपालिकामा विपद् व्यवस्थापन समिति गठन



असार २४, तनहुँ । विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन तनहुँको व्यास नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका चौधवटै वडामा विपद् व्यवस्थापन समिति गठन गरेको छ ।

ती वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिएको नगरपालिकाका शाखा अधिकृत विमल गिरीले जानकारी दिए । “प्रत्येक वडाबाट एक एक गरी चौध जनालाई विपद् व्यवस्थापन तालीम प्रदान गरिसकिएको छ” उनले भने, “नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन तथा विपद् व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि पनि बनाएको छ ।”

नगरपालिकाले विपद्को बेला उद्धारका लागि ३० लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाबाट सञ्चालन हुने विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रम तथा बजेट प्रस्ताव गर्ने नियम अनुरुप उक्त रकम प्रस्ताव गरिएको नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

नगर क्षेत्रभित्र प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधरणलाई सुरक्षित राख्न र सार्वजानिक तथा निजी सम्पत्ति नोक्सानी हुनबाट बचाउन ऐन पनि निमार्ण गरिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । रासस

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार ००:००