१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरघरमा खानेपानी आएपछि नुवागाउँमा खुशीयाली




जाजरकोट, २३ असार २३, जाजरकोट । वर्षौँदेखि खानेपानी अभाव झेल्दै आएका भेरी नगरपालिका–१० नुवागाउँका स्थानीयवासी आफ्नो घरघरमा खानेपानी आएपछि खुशी भएका छन् ।

पहाडी साना किसानका लागि अनुकूलन आयोजना (आशा जाजरकोट) कार्यक्रमबाट छ लाख ४९ हजारको बजेटबाट दुई वटा मुहान संरक्षण गरी नुवागाउँ खानेपानी योजना निर्माण तथा मुहान संरक्षण भएपछि स्थानीयवासी खुशी भएका हुन् ।

खानेपानीबाट यहाँका ४० घरधुरीले प्रत्यक्ष लाभ लिएका छन् । वर्षौंदेखि खानेपानीको अभावमा समस्या भोग्दै आएका स्थानीयवासी पानी घर, आँगनमै पाएपछि निकै खुशी भएका स्थानीय जयराम पुनले बताए । पटकपटक खानेपानीका लागि आग्रह गरिएको भए पनि धेरै वर्षपछि पानी पाएको पुनले बताए ।

पानी नहुँदा शौचालय, पशुचौपाय र अन्य सिँचाइका क्षेत्रमा समेत काम गर्न समस्या पर्दै आएको थियो । अहिले पानी उपलब्ध भएसँगै समयको बचत, सरसफाइ गर्न सजिलो हुनुका साथै शुद्ध पानी उपभोग गर्न पाएको उपभोक्ता समितिका अध्यक्ष झुपे पुनले बताए । पछाडि परेका र समस्या भएका ठाउँमा लगानी गरेर जनतामा विकासको अनुभूति गराउने जिल्ला आयोजना संयोजक खिलानाथ दाहालले जानकारी दिए ।

दश प्रतिशत श्रमदान गरेका स्थानीयले पानी घर आँगनमै पाउँदा सारा दुःख हटेको अर्का स्थानीय कैशिला सार्कीले बताइन् । अधिकांश जनजाति र दलित समुदाय भएको नुवागाउँमा पानी पाएपछि किसानले अब कृषि व्यवसाय राम्रो हुने आशा व्यक्त गरेका छन् । रासस

प्रकाशित मिति : २३ असार २०७६, सोमबार ००:००