१९ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानी समस्या समाधान भएपछी गाउँमा खुशियाली




असार १६, डोटी । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका ७ मा वर्षौपछि खानेपानीको धारा निर्माण गरिएको छ । खोपानी नहुँदा वर्षौदेखि सो वडाको बिठारी र उमुडी गाउँवासी पीडित बन्दै आएका थिए ।

बोगटान फुड्सिल गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोग तथा सामुदायिक विकासमञ्च (सिडिएफ) को सहजीकरणमा उक्त वडामा बालमैत्रीसहित ३८ वटा खानेपानीका धारा निर्माण गरिएको स्थानीयवासी बमबहादुर बमले बताए ।

उनले भने, “वडाभरीमै खानेपानीको समस्या थियो, गाउँपालिका तथा स्थानीय सङ्घ संस्थाको सहयोगमा खानेपानीका धारा निर्माण भएका छन्, अब पानीको दुख हट्ने भयो ।”

खानेपानी धाराको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिला ‘एनान’ तथा उपाध्यक्ष भगवती बमले आज उद्घाटन गरे उक्त योजनापछि बिठारी र उमुडीका ९२ घरघुरी प्रत्यक्ष लाभान्वित भएको गाउँपालिकाका जलस्रोत अधिकृत सुनिल विश्वकर्माले जानकारी दिए ।

खानेपानीको योजना निर्माणपछि वषौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीको समस्या समाधान भएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर बमले बताए । गाउँपालिका, नेपाल सरकार, फिनल्याण्ड सरकार र उपभोक्ता समितिको योगदान गरी कूल ७० लाख ५३ हजारको लागतमा उक्त खानेपानी योजना निर्माण सम्पन्न भएको जलस्रोत अधिकृत विश्वकर्माले बताए ।

योजनाको निरन्तरता तथा प्रभावकारिताका लागि सामुदायका व्यक्ति सक्रीय हुनपर्ने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताए । रासस

प्रकाशित मिति : १६ असार २०७६, सोमबार ००:००