१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपप्रमुखद्वारा नगरपालिकाको कार्यालयमा तालाबन्दी




असार ९, महोत्तरी । नगरपरिषद्को पूर्वसन्ध्यामा रामगोपालपुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आज नगरउपप्रमुख सीता देवीले गाडीको विषयमा असन्तुष्टि जनाउँदै कार्यालयमा तालाबन्दी गरेकी हुन् ।

आफूले चढ्ने गाडीमाथि नगरप्रमुख अशोककुमार मण्डलले कब्जा जमाएको र सोही कारण नगरयोजना तर्जुमा कार्यक्रम अगाडि बढ्न नसकेको तथा प्रमुखले केही वडाध्यक्षसँग मिलेर मनपर्दी रुपमा कर उठाउँदै आएकाले बाध्य भएर तालाबन्दी गर्नुपरेको उपप्रमुख साहले बताइन् ।

त्यस्तै नगरप्रमुखका स्वकीय सचिव रामजानकी मण्डलले उपप्रमुखको अधिकारमाथि हस्तक्षेप गरेको र यस सम्बन्धमा नगरप्रमुखले चासो नलिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले बताइन् । न्याय नपाएसम्म तालाबन्दी जारी रहने उनको भनाइ छ ।

सरकारी गाडीलाई उपप्रमुखले निजी काममा प्रयोग गर्दै आएकोले आफूले रोक्न खोज्दा विवाद भएको नगरप्रमुख मण्डलले बताए । उपप्रमुखले आफ्नो छोराको विवाह प्रायोजनका लागि गाडी दुरुपयोग गर्दै आएको नगरप्रमुख मण्डलको आरोप छ । नगरपालिकाको मुलगेटमा ताला लागेपछि मङ्गलबार हुने भनिएको नगरपरिषद् नहुने निश्चित बनेको छ ।

यसैबीच महोत्तरीको भंगहा नगरपालिकाको चौथो नगरसभा आज शुरु भएको छ । एक समारोहबिच नगरप्रमुख संजिवकुमार साहको अध्यक्षतामा नगरसभा उद्घाटन गरिएको हो । नगरभामा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । रासस

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ००:००