१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचित वडा सदस्य बिरुद्ध मुद्दा दायर



असार ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ४ का निर्वाचित वडा सदस्य राम चन्द्र राय (यादव) बिरुद्ध बिषेश अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारद्वारा जारी विज्ञप्तिमा गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सजिलो पार्छु भनि सेवाग्राहीसँग यादवले घूस लिएका दिए ।

बर्दिवासबाट खटेको अख्तियारको टोलीले सेवाग्राहीसँग ३६ हजार रुपैयाँ घुस बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।

पक्राउ पछि अनुसन्धान गर्दा यादवले आफ्नो जिम्मेवारी र पदीय दायित्वसमेतको ख्याल नगरी बदनियतपूर्वक तरिकाले घूसवापतको रकम लिएको अख्तियारको ठहर छ ।

घूस वापतको ३६ हजार रुपैयाँसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारवाही गर्न अख्तियारले बिषेश अदालतमा आइतबार आरोप पत्र दायर गरेको छ ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार ००:००