३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायण नगरपालिकाको बजेट ९६ करोड




असार ८, भक्तपुर । चाँगुनारायण नगरपालिकाको पाँचाै नगरसभामा आजदेखि शुरु भएको छ । नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले नगरसभाको शुभारम्भ गरे ।

नगरसभामा उपप्रमुख विना बाँस्तोलाले आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी वर्ष उज्यालो चाँगुनारायण बनाउन नगरका मुख्य सडकमा विद्युतीय सडक बत्ती जडान गरिने बताइन् ।   
    
 नगरपालिकाले आव २०७६÷७७ का लागि ९६ करोड २८ लाख ७९ हजारको बजेट सार्वजनिक गरेको छ । चालूतर्फ १९ करोड ८२ लाख ८८ हजार, पूँजीगततर्फ ३६ करोड २० लाख, सःशर्त अनुदानतर्फ ३५ करोड २५ लाख ९१ हजार तथा प्रदेश सरकारको खर्च पाँच करोडको बजेट सार्वजनिक गरिएको हो । सङ्घीय सरकारवाट वित्तीय समानीकरण १५ करोड ८६ लाख, सःशर्त अनुदान ३१ करोड, राजश्व बाँडफाँट आठ करोड २५ लाख, राजश्व आम्दानी १६ करोड ७८ लाख ३६ हजार, अघिल्लो आवको मौज्दात तीन करोड, सामाजिक सुरक्षा आठ करोड, प्रदेश सरकारबाट वित्तीय समानीकरण ८७ लाख ४३ हजार, सःशर्त अनुदान चार करोड २२ लाख ९१ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँट दुई करोडको बजेट सार्वजनिक गरिएको छ । रासस

प्रकाशित मिति : ८ असार २०७६, आइतबार ००:००