५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गढवा गाउँपालिका दुई वडाको कार्यालय भवन निर्माण




असार ८, दाङ । दाङको गढवा गाउँपालिका–३ र ७ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएका छन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत नोखरी राम वलीले दिएको जानकारीअनुसार वडा नं–३ को कार्यालय गोबडिया र वडा नं–७ को कार्यालय भवन मानपुरमा सम्पन्न भएका हुन् ।

चालू आर्थिक वर्षमा नै शुरु गरिएका दुबै कार्यामध्ये वडा–नं ३ ४३ लाख ७८ हजार र वडा नं–७ भने ४५ लाख ३३ हजारको लागतमा निर्माण गरिएको पनि प्रशासकीय अधिकृत वलीले जानकारी दिए ।

वडा नं ३ निर्माणको जिम्मा भीमादेवी निर्माण सेवा गढवा र ७ नं कार्यालयको भवन निर्माणको जिम्मेवारी शर्मा निर्माण सेवा दाङले पाएको थियो ।

वडा कार्यालयको आफनै भवन निर्माण भएपछि नागरिकलाई अव सेवा प्रवाहमा सहजता हुनेछ । यसअघि दुबै कार्यालय भाडाको घरमा बसेका थिए । रासस

प्रकाशित मिति : ८ असार २०७६, आइतबार ००:००