१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रम्भा गाउँपालिकाले दियो सय जना युवालाई रोजगारी



जेठ ७, पाल्पा । रम्भा गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ सय ०रोजगारी पाएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकामाम रु १४ लाख बजेटबाट स्थानीय तहमा युवाले रोजगारी पाउन सफल भएका हुन् ।

गाउँपालिका अध्यक्ष विष्णु भण्डारीका अनुसार उक्त कार्यक्रमअन्तर्गत हदिखोला रानीबास मोटरबाटो स्तरोन्नतिका लागि ४० युवा, असर्दी रानीबास मोटरबाटोमा ३० युवा र बेलपानी मौलादार मोटरबाटो स्तरोन्नतिका ३० युवालाई रोजगारी प्रदान गरेको छ ।

रोजगारी पाउनेलाई दैनिक ६ सय रुपैयाँ ज्याला रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले थप ५५ युवालाई रोजगारी प्रदान गर्ने तयारीमा रहेको छ । यसैगरि रम्भाकै हुँमीनमा २५ र ताहुँ क्षेत्रमा ३० लाई रोजगारी प्रदान गर्ने कार्यक्रम रहेको भण्डारीले बताए ।

रोजगारी पाएका कामदारले आफ्नो क्षेत्रमा सडकको पहिरो हटाउन, नालीलाई व्यवस्थित बनाउने र घुम्तीहरु फराकिलो बनाउँदा यातायातका साधन सञ्चालनमा सहज हुने गाउँपालिका प्रवक्ता कृष्णप्रसाद रेग्मीले जानकारी दिए । रासस

प्रकाशित मिति : ७ असार २०७६, शनिबार ००:००