८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बराहतालको जग्गा अतिक्रमण गरी घर–टहरा




असार ७, खोटाङ । दक्षिणी क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहतालको नाममा रहेको जग्गामा बनाइएका संरचना हटाउन गाउँपालिकाले दिएको निर्देशनको स्थानीयवासीले अवज्ञा गरेका छन् । गत फागुनभित्र बराहतालको अतिक्रमण गरिएको जग्गा खाली गर्न गाउँपालिकाले निर्देशन दिएको थियो ।

अतिक्रमण गरी बनाइएका घर–टहरा हटाउन दिएको गाउँपालिकाको निर्देशन स्थानीयवासीले मानेका छैनन् । बराहतालको जग्गामा घर–टहरा बनाएर बसेका स्थानीयवासीले विकल्प खोजेर अन्यत्र सर्न समय मागेकाले घर–टहरा हटाउन ढिलाइ भएको गाउँपालिकाका उपाध्यक्ष गोमा मगरले बताइन् । “घर–टहरा हटाउन समय माग गरेका छन्”, उनले भनिन् ।

गाउँपालिका भित्रका अन्य सरकारी, गुठीलगायत सार्वजनिक जग्गामा बनाइएका घर टहरा हटाउन निर्देशन दिइएको उपप्रमुख मगरले बताइन् । गाउँपालिकालाई सुन्दर र व्यवस्थित गर्न तथा सार्वजनिक सम्पत्तिको रक्षा गर्नका लागि मापदण्ड विपरीतका घर टहरा हटाउने अभियान थालिए हो । स्थानीयवासीले कब्जा गरेको बराहतालस्थित शङ्खेश्वरी महादेव मन्दिरको जग्गा अझै फिर्ता गरेका छैनन् । जिल्ला मालपोत कार्यालयले एक दशकअघि अतिक्रमित जग्गा फिर्ता गर्ने फैसला गरेपनि अझै फिर्ता भएको छैन ।

गुठीको नाममा झएको बराहाटार, चालीसे, सावाटारी, बाह्रमुरे लगायतका जग्गा स्थानीयवासीले कब्जा गरेका छन् । बराहाटारस्थित गुठीको जग्गा स्थानीयवासी ढकबहादुर कार्की, शिवकुमार श्रेष्ठ, जुत्तिराम राई, कर्म श्रेष्ठ, भुवन श्रेष्ठ, भरत तामाङ, हर्कबहादुर तामाङ लगायतले कब्जा गरेर घर टहरा बनाएका छन् ।

शङ्खेश्वरी महादेव मन्दिरको नाममा रहेको गुठीको जग्गा बिक्री भइसकेको छ । करीब ५५ रोपनी गुठीको जग्गा पहिले नै बिक्री भइसकेको महन्त गोविन्द गिरीले बताए । उनका अनुसार स्थानीयवासी बमबहादुर कार्की, तीलक विष्ट, छविलाल पुरी, तिलकबहादुर कटाल, जीतबहादुर विष्ट, कृष्णबहादुर खत्री, शेरबहादुर खड्का, चन्द्रबहादुर खत्री, हीरामाया कार्की, धनमाया थापा, डम्बरबहादुर मगर, बुद्धिमान मगर र नरबहादुर अधिकारीले गुठीको जग्गा आफ्नो नाममा हालेका छन् । रासस

प्रकाशित मिति : ७ असार २०७६, शनिबार ००:००