५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वखोलाले ग¥यो असल बुहारीलाई सम्मान




असार ५, बेझाड । पाल्पाको पूर्वखोला गाउँपालिका २ को कार्यालयले सासू–ससुरालाई राम्रो हेरचाह गरेको भन्दै यहाँका १७ बुहारीलाई सम्मान गरेको छ । उमेर ढल्कँदो अवस्थामा रहेका सासू–ससुराको राम्रो हेरविचार गर्ने बुहारीलाई नगद र दोसल्ला ओढाएर सम्मान गरेको हो ।

ढल्कँदो उमेरमा रहेका सासू–ससुराको स्याहारसुसार गरेर सम्मानका साथ जिउने आधार बनोस् र आफ्ना सन्तान हुँदाहुँदै कोही पनि ज्येष्ठ नागरिक वृद्धाश्रममा जान नपरोस् भनेर यो कार्यक्रम गरेको वडाध्यक्ष नीरबहादुर सारुले बताए । शारीरिकरूपमा अशक्त सासू–ससुराको पालनपोषण गर्ने दायित्व भएको सम्मानित बुहारी शान्ती देवकोटाले बताइन् ।

“सासू–ससुरा भनेका आफूलाई जन्मदिने बुबाआमा जस्तै हुन्, उहाँहरुलाई ढल्कँदो उमेरमा मायाममता, स्याहारसुसारको खाँचो छ, उहाँहरुलाई स्याहारसुसार गर्न पाउँदा आनन्द लाग्छ”, उनले भनिन् । परिवारको संरक्षक अभिभावकबाट अगाडि बढ्न आशीर्वाद लिँदै सन्ततिले घृणा होइन, माया र ममताका साथ पालनपोषण गर्न उनी अनुरोध गर्छिन् ।

त्यसैगरी ८० वर्षभन्दा माथिका ४१ ज्येष्ठ नागरिकलाई पनि सम्मान गरिएको छ । वडाले गरेको यस कार्यप्रति खुशी र रमाइलो लागेको १०० वर्षीया चन्द्रकला न्यौपाने बताइन् । यो उमेरमा आएर सम्मानित हुन पाउँदा उनी दङ्ग छन् । एक सय वर्षीया हजुरआमासँगै असल नातिनी बुहारीका रूपमा सम्मानित हुन पाउँदा खुशी लागेको पम्फा न्यौपाने बताउछिन् । उनले अरुलाई पनि सासूससुराको राम्रो हेरचाह गर्न अनुरोध गरिन् ।

समाजमा ज्येष्ठ नागरिकलाई सम्मान दिनुका सट्टा हेयको रूपमा हेर्ने सन्तति पनि छन् । उनीहरुले यो कार्यको पाठ सिक्न सके भने बुढेसकालमा ज्येष्ठ नागरिकले दुःख भोग्नुपर्ने थिएन । यसैगरी निस्दी गाउँपालिका–६ को कार्यालयले पनि असर छोराबुहारीलाई सम्मान गरेको छ । रासस

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार ००:००