८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खानेपानीको माग गर्दै नगरपालिका कार्यालयमा तालाबन्दी




असार ४, बाजुरा । खानेपानीको माग गर्दै स्थानीयवासीले बडिमालिका नगरपालिकाको कार्यालयमा आज दिउँसो ताला लगाएको छ ।

धारामा पानी नआएको करीब एक महीना बित्न लाग्दा पनि नगरपालिका र मार्तडी वृहत खानेपानी उपभोक्ता कसमितिले व्यवास्ता गर्दा खानेपानीको अभाव भएपछि उनीहरुले ताला लगाएका हुन् ।

हातमा रित्तो भाँडा लिएर नारा जुलुस प्रदर्शन गर्दै उनीहरुले जिल्ला सदरमुकाम मार्तडीस्थित नगरपालिकाको कार्यालयमा ताला लगाएको दुनीहाट बजार व्यवस्थापन समितिका सचिव मदन रोकायाले बताए ।

धारामा खानेपानी नआएको एक महीना बित्न लाग्दा पनि सम्बन्धित निकाय मौन बसेपछि रित्तो भाँडा लिएर नारा जुलुससहित नगरपालिकामा ताला लगाउन बाध्य भएको रोकायाको भनाइ छ ।

मासिक रुपमा खानेपानीको महसुल तिर्ने गरेको भए पनि समयमै धारामा खानेपानी नआउँदा स्थानीय र व्यापारी र होटल व्यवसायी आन्दोलित भएका हुन् । मार्तडी बजारमा बस्दै आएका होटल व्यवसायी, व्यापारी, स्थानीय, निजी तथा सरकारी विद्यालयमा खानेपानी नआउँदा समस्या भएको छ ।

खानेपानी उपभोक्ता समितिको चरम लापरवाहीका कारण खानेपानीको अभाव देखिएको आरोप उनीहरुको छ । खानेपानीका पाइपलाइन सडक निर्माणका क्रममा स्काभेटरले छेदविच्छेद बनाएपछि सदरमुकाममा खानेपानीको अभाव भएको हो ।

बडिमालिका नगरपालिकाका प्रमुख पदम बडुवालले दोषीलाई कारवाही गर्ने र खानेपानी उपभोक्ता समितिका अध्यक्षलाई तत्काल सहज रुपमा खानेपानीको आपूर्ति व्यवस्था मिलाउने बारेमा पहल गर्ने बताए ।

मार्तडी खानेपानी उपभोक्ता समितिका अध्यक्ष खडकबहादुर रावलले मार्तडी–बडिमालिका पर्यटन मार्गको सडक निर्माण भइरहेकाले सडक निर्माणका क्रममा डोजरले पाइप काटेपछि खानेपानी नआएको उल्लेख गर्दै खानेपानीको सहज व्यवस्थापनका लागि कार्य भइरहेको बताए । रासस

प्रकाशित मिति : ४ असार २०७६, बुधबार ००:००