१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केआईसिंह गाउँपालिका साक्षर घोषणा


३२ जेष्ठ २०७६, शनिबार ००:००  

0
Shares

जेठ २८, डोटी । केआइसिंह गाउँपालिकालाई जिल्लामै पहिलोपटक आज साक्षर गाउँपालिका घोषणा गरिएको छ । ‘हाम्रो गौरव हाम्रो पहिचान, साक्षर गाउँ सबैको अभियान’ भन्ने नाराका साथ उक्त गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिएको हो ।

गाउँपालिकामा रहेका १५ वर्षदेखि ६० वर्ष उमेर समूहका ९५।८ प्रतिशत नागरिक साक्षर भएकाले गाउँपालिकालाई साक्षर घोषणा गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । उनले भने, “हाम्रो गाउँपालिकामा साक्षर नागरिक ९५.८ प्रतिशत छन् । त्यसैले साक्षर गाउँपालिका घोषणा गरेका हौँ ।”

जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले साक्षर गाउँपालिका घोषणा हुन सफल भएकामा खुशी व्यक्त गरे । उनले भने, “केआइसिंह गाउँपालिका पहिलो साक्षर गाउँपालिका हुन सफल भएको छ, सबैले यसरी नै साक्षर हुनसके हाम्रो जिल्ला निकट भविष्यमै साक्षर जिल्ला हुनेछ ।”

आफूहरूको मेहनतले गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले दाबी गरे ।

“साक्षर गाउँपालिका घोषणा गर्न हामी अहोरात्र खटियाँै र सफल पनि भयाँै, हामी यसैमा खुशी छौँ,” शर्माले भने । रासस

प्रकाशित मिति : ३२ जेष्ठ २०७६, शनिबार ००:००