१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मण्डनदेउपुर र पाँचखालमा कांग्रेस, पनौती–१ र २ मा एमाले



काभ्रे । मण्डनदेउपुर नगरपालिका– २ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशवप्रसाद तिमल्सिनाले ४ सय २१ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बद्री शाही ठकुरीले ३ सय ७६ मत प्राप्त गरेका छन् । सो वडामा काँग्रेसको समूह नै विजयी भएको छ ।

यस्तै पाँचखाल नगरपालिका– ३ को वडाध्यक्षमा कांग्रेसका सुन्दर अधिकारीले ४ सय ३४ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रमेशराज गिरीले ३ सय ८ मत प्राप्त गरेका छन् ।

यसैगरी पनौती नगरपालिकाको वडा नं. १ र २ मा एमालेको पुरै समुह विजयी भएको छ । वडा नं १ को वडाध्यक्षमा एमालेको गुणराज सापकोटाले १ हजार ४२९ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका जयकुमार तामाङले १ हजार २४ मत प्राप्त गरे । वडा नं २ को वडाध्यक्षमा पुरुषोत्तम अधिकारीले ९ सय ८७ मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका विष्णुप्रसाद सापकोटाले ६ सय ३४ मत प्राप्त गरेका छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००