५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पुन विजयी



म्याग्दी, बेनी नगरपालिका–३ भकिम्लीको वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जसबहादुर पुनले ४२१ र एमालेका डिलबहादुर थापाले ४०० मत प्राप्त गरेका छन् ।

सदस्यहरुमा स्वतन्त्रका रत्न जिसी र एमालेका गेमबहादुर घर्तीमगर, मनकुमारी पुन र हरिकला दमार्इं निर्वाचित भएका छन् । दुई हजार २६० जना मतदाता र तीन वटा मतदान केन्द्र रहेको भकिम्लीमा एक हजार ४६९ मत खसेको थियो ।

त्यसैगरी बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । सुरुवातदेखि नै अग्रता लिएको एमालेका प्रत्यासी प्रमोद श्रेष्ठले तीन वडाको मतगणना सकिँदासम्म एक हजार ९२६ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हरिकुमार श्रेष्ठले एक हजार ७२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा राप्रपाका सञ्जु बरुवालले एक हजार ५४६ मतले अग्रता लिएकी छन् भने नेकपा ९माओवादी केन्द्र० का ज्योति लामिछानेले एक हजार १०८ मत प्राप्त गरकी छन् । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७४, मंगलबार ००:००