८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेमाल गाउँपालिकाको वडा नं. १ मा एमालेको प्यानल विजयी, प्रमुख र उपप्रमखमा पनि एमाले नै अगाडी



काभ्रेको तेमाल गाउँपालिकाको १ नं. वडामा नेकपा एमालेले वडा अध्यक्षसहित प्यानल नै जितेको छ । सोमबार बेलुकी सम्पन्न भएको मत गणनाअनुसार वडा अध्यक्षमा मानवहादुर श्रेष्ठ बिजयी भएका हुन् । उनीसहित सबै सदस्यहरू पनि विजयी भएका छन् ।

श्रेष्ठ ५ सय २४ मत ल्याएर विजयी भएका हुन् । निर्वाचित सदस्यहरूमा धनबहादुर राना मगर, मानध्वज तामाङ, सरस्वती थपलिया र कमला विक निर्वाचित भएका छन् ।

गाउँपालिकाको प्रमुख र उपप्रमुखमा पनि एमाले नै अगाडी देखिएको छ । १ नं. वडामा कूल खसेको मत ९ सय ७१ मध्ये प्रमुख उम्मेद्वार प्रदिप लामाले ५ सय १५ मत पाएका छन् । यसैगरि उप्रमुख उषा घिसिङले ५ सय २४ मत प्राप्त गरेकी छन् ।

प्रदिप लामाका निकटतम् प्रतिद्वन्द्वी सलामसिंह लामाले २ सय ७६ र माओवादी केन्द्रका गंगाबहादुर लामाले १ सय ४ मत ल्याएका छन् । यसअघि तीन वटै पार्टीले आफ्नो पकड रहेको दाबी गर्दै आएको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७४, सोमबार ००:००