६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन शुरु



जेठ २, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको चौथो अधिवेशन (बजेट) शुरु भएको छ । अधिवेशनको बुधबार बसेको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउदै सभामुख अर्जुनबहादुर थापाले चौथो अधिवेशनलाई सफल तुल्याउनमा प्रदेश सभाका सदस्यहरुको भूमिका सकारात्मक र महत्वपूर्ण रहने विश्वास व्यक्त गरे ।

बैठकमा दिइएको विषेश समयमा बोल्ने सदस्यहरुले विगतका अधिवेशनमा देखिएका कमी कमजोरी सच्याएर अघि बढ्नमा चौथो अधिवेशन सफल हुने विश्वास व्यक्त गरेका थिए । सदस्यहरुले सङ्घीय व्यवस्थालाई सफल तुल्याउन प्रदेशको समृद्धिलाई ध्यान दिएर काम गर्नुपर्ने र संविधान ऐन कानून विधि पद्धतिको पालना गर्नुपर्नेमा सरकार र सदनको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङ, वीरमान चौधरी र कुन्ति जोशी, प्रतिपक्ष नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावल र भरतबहादुर खड्का, राष्ट्रिय जनता पार्टीका मालामतिकुमारी रानाथारुले बोलेका थिए । बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले ‘प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक२०७५‘लाई टेबुल गरिन् ।

अर्को बैठक यही जेठ २ गते दिउँसो ३ बजे बस्ने छ । रासस

प्रकाशित मिति : २ जेष्ठ २०७६, बिहिबार ००:००