१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङः दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गरिने



वैशाख १५, खोटाङ । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्नतिका काम जिम्मा लिएको छ । साकेला गाउँपालिका–५ मात्तिमस्थित साप्सुखोला किनारमा शनिबार प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’ले सडक स्तरोन्ततिको शिलान्यास गरेका हुन् ।

दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक (२१ किलोमिटर) मध्ये हाल ७.५ किलोमिटर खण्ड स्तरोन्नति गर्नेगरी काम थालिएको छ । एक करोड ७९ लाख ४० हजारमा सो काम पूरा गर्ने गरी गत वैशाख २ गते सम्झौता गरिएको थियो ।

यस्तै, कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ (२२ किलोटिमर) मध्ये ७.५ किलोमिटर खण्ड काम गर्नेगरी काम थालिएको पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख जितेन्द्र कर्णले बताए । काष्ठमण्डप–आजाद जेभीले दुई करोड २३ लाख १२ हजारमा काम पूरा गर्नेगरी सो सडक स्तरोन्नति ठेक्का लिएको हो ।

मूर्तिकार रोजनलाई पुरस्कृत गरिने

कुशल तथा प्रतिभावान मूर्तिकारका रुपमा देशविदेशबाट दर्जनौँ पुरस्कार पाएका खोटाङका मूर्तिकार रोजन राई आफ्नै जिल्लामा भने पहिलोपटक पुरस्कृत हुँदै छन् । करीब दुई दशकदेखि निरन्तर मूर्ति, प्रतिमा तथा हस्तकलामा समर्पित खोटाङ नेर्पाका मूर्तिकार राईलाई टेम्के तुवाचुङ प्रतिष्ठानले पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो ।

प्रतिमा तथा मूर्ति निर्माणका लागि देशविदेशबाट झिकाइ प्रशंसा तथा सम्मान गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका राईलाई वैशाख २१ गते ‘टेम्के तुवाचुङ प्रतिभा पुरस्कार–२०७५’ प्रदान गरिने आयोजकले जनाएको छ । जिल्लाकै फरक प्रतिभाका धनी युवाले मूर्तिकलाका माध्यमबाट आफू, आफ्नो जिल्ला र देशको परिचय दिएको भन्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले बताए । रासस

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार ००:००