१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मकवानपुरका ४ स्थानीय तहमा आप्रवासन परियोजना शुरु हुने




असार ५, हेटौँडा । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मकवानपुर जिल्लाको चार स्थानीय तहमा सुरक्षित आप्रवासन परियोजना शुरु गर्ने जनाएको छ ।

उक्त मन्त्रालयले स्विस इन्टरनेशनल कोअपरेशन नेपालको सहयोगमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, बकैया गाउँपालिका र मनहरि गाउँपालिकामा परियोजना शुरु गरिने बताएको छ ।

मन्त्रालयका उपसचिव दीनबन्धु सुवेदीले परियोजनाअन्तर्गत सम्बन्धित स्थानीय निकायले वैदेशिक रोजगारीमा जानेहरुका लागि सीप तथा तालीम र क्षमता अभिवृद्धि कार्यक्रमका साथै वैदेशिक रोजगारबाट फर्कनेहरुलाई उचित लगानीको वातावरण निर्माण गर्नुपर्ने बताए ।

आव २०७६÷७७ बाट शुरु हुने उक्त परियोजनामा प्रत्येक स्थानीय तहलाई १४ लाख ६० हजार र जिल्ला आप्रवासी केन्द्रलाई ४१ लाख बजेट विनियोजनसमेत भएको परियोजनाका संयोजक तरुण अधिकारीले जानकारी दिए ।

सो मन्त्रालयले मकवानपुर जिल्लामा गत आवमा पुरुष चार हजार २२३ र महिला एक हजार १८३ गरी जम्मा पाँच हजार ४०७ जनालाई वैदेशिक रोजगारीमा गएको जनाएको छ । मन्त्रालयले मकवानपुरका स्थानीय तह प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालय, स्थानीय प्रशासन र सञ्चारकर्मीहरुसँग सो आप्रवासन परियोजनाका सम्बन्धमा छलफल गरी जानकारी दिएको हो ।

सो अवसरमा हेटौँडा उपमहानगरपालिकाकी उपप्रमुख मीना लामाले वैदेशिक रोजगारीमा जानेहरुको लागि सरकारको तीनवटै निकायले हेर्नुपर्ने बताइन् । रासस

प्रकाशित मिति : ५ असार २०७६, बिहिबार ००:००