१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साकेला गाउँपालिकाका वडाध्यक्षको मृत्यु



वैशाख १८, खोटाङ । निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ ।

गत चैतदेखि बिरामी भएका ३९ वर्षीय वडाध्यक्ष उनको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् ।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउने क्रममा सौर्य भन्ने ठाउँमा ल्याइपु¥याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन् । उनको बाटैमा मृत्यु भएपछि आफन्तले गएराति नै घर फर्काएका र अन्तिम श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर अहिले घरमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झकार’ले बताए ।

श्रद्धाञ्जलिका लागि जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा जिल्ला नेता कार्यकर्ता स्वर्गीय वडाध्यक्ष राईको घर पुगेका छन् । श्रद्धाञ्जलिसभापछि आजै उनको दाहसंस्कार गरिने आफन्तले बताएका छन् ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्य हुन् । पार्टीको युवा तथा विकासप्रेमी नेता गुमेकोप्रति नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । रासस

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार ००:००